चितवन । धादिङको रुभीभ्याली गाउँपालिका–५ ब्राङ्सास्थित कोदो पिस्ने मिलको पत्तामा परी शुक्रवार एक महिलाको मृत्यु भएको छ ।स्थानीय आइत घलेले सञ्चालन गरेको मकै–कोदो पिस्ने मिलको पत्तामा परी रुभीभ्याली–५ साईनटोल बस्ने ६८ वर्षीय रिति तामाङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
तामाङको घटनास्थलमै मृत्यु भएको हो ।









