जन्मदिनको अबसरमा पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्नो १८ औं बर्षको जन्मोत्सव सँगै रक्तदानको शुभारम्भ गरौं भन्ने नारालाई आत्मसाथ गर्दै संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारी को ३८ औं जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल स्वयंसेवी रक्तदाता समाज शाखा कास्कीले रगत र रक्ततत्वको अभावमा कोहि पनि व्यक्तिले मृत्यु वरण गर्नु नपरोस् भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सभाध्यक्ष दिपेन्द्र अधिकारी बाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्‌घाटन गरिएको थियो । पोखरा महानगर पालिक वडा नं १० प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमुख अथिती बिरेन्द्र घिमिरेबाट प्रथम रक्तदातालाई रक्त थैली हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा महिला तथा पुरुष गरि जम्मा ३८ जनाले रक्तदान गर्नुभएको थियो ।

यसै कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार जितेन्द्रमान साक्यले ८७ औं पटक रक्तदान गर्नु भएको थियो भने संस्थाका अध्यक्ष स्वयंमले ४२ औं पटक रक्तदान गरेर आफ्नो जन्मदिन मनाएका थिए । रक्तदानसँगै अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदानलाई जन्मदिनमा मात्र सिमीत नगरि प्रत्येक ९० दिनको अन्तरालमा रक्तदान गर्नुपर्ने र स्वस्थ मुटू बिरामीको ज्यान बचाउँनका लागि आफु निरोगि रहनका लागि साथै सामाजिक कार्यका लागि नियमित रूपमा रक्तदान गर्नु पर्ने बारे महत्व दर्शाउँदै रगत र रक्ततत्वको बारे आफ्नो अभिव्यक्ति प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि पोखरा स्वाथ्य बिज्ञान प्रतिष्ठानका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा . अमृत के सि, बिशेष अतिथि पोखरा महानगर पालिका वडा नं १५ का वडा सदस्य आशिष भन्डारी, अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सभापति दण्डराज शर्मा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइका अध्यक्ष गोपाल बस्नेत, रानिपौवा स्पोट्स सेन्टरका सञ्चालक सुवास बस्नेत, गिता शन्ति मार्ग टोल बिकास समितिका अध्यक्ष बिष्णु तिमिल्सिना तथा प्रादेशिक रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञावली ज्युले आ – आफ्नो मन्तब्य राख्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले आपतकालीन अवस्थामा ३६५ दिनै अरुपतालमा रहेका बिरामीहरुलाई तदासक्ताका साथ आवश्यक रगत र रक्ततत्व रक्तदाता पहिचान गर्दै रक्तदान गर्न गराउन सधै तत्परताका साथ लागिरहेका छ । सबैको सकारात्मक सहयोग र सहकार्यले बिरामीलाई सहज रूपमा रगत परिपुर्ती गर्दै आएको छ ।
कार्यक्रमलाई संस्थाका कार्यसमिति सदस्य हिरामणी भुषालले संञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको