कमला वाग्लेद्वारा पितृहरुलाई सम्झँदै ३५  जना वृद्धवृद्धालाई खुवाइन्  भोजन

चितवन । अमेरिकाको मिचिगनमा बसोवास गर्ने कमला वाग्लेले समाज कल्याण वृद्धाश्रममा एक छाक विशेष भोजन सहयोग गरेकी छन् ।

भरतपुर भ्रमणमा आएकी उनले आफ्नो परिवारको साथमा गएर वृद्धाश्रममा ३५ जना वृद्धवृद्धालाई बिहानको भोजन सहयोग गरेकी हुन् । उनले आफ्नो श्रीमान् भानु वाग्लेको अनुरोधमा पितृहरुलाई सम्झँदै वृद्धवृद्धालाई एक छाक विशेष भोजन खुवाउन पाउँदा खुसी लागेको बताइन् । भोजनको साथमा उनले वृद्धवृद्धालाई दक्षिणा पनि प्रदान गरिन् ।

यसअघि काठमाडौको वृद्धआश्रममा सहयोग गर्दै आएकी उनले आफूले आगामी दिनमा देवघाटको वृद्धाश्रमहरुमा गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले खानाको लागि १० हजार रूपैयाँ र दक्षिणास्वरुप चार हजार पाँच रूपैयाँ प्रदान गरिन् ।

वृद्धाश्रमको कर्मचारी हरिबोल सत्यालले सरकारी बजेटले भन्दा पनि यस्तै सहयोगदाताको सहयोगले वृद्धाश्रम चल्दै आएको बताए । विसं २०५२ सालमा स्थापित वृद्धाश्रममा ३५ जना वृद्धवृद्धा र छ जना कर्मचारी रहेका छन् । वृद्धाश्रमको भान्छाकोठा निर्माणाधीन छ भने अन्य सहज व्यवस्थापनको लागि पनि ठूलो लगानी आवश्यक रहेको वृद्धाश्रमले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको