सामाजिक अभियान्ता दीपक नेपाल जापानमा सम्मानित

चितवन । सामाजिक अभियान्ता दीपक नेपाल सम्मानित भएका छन् । नेपाली दूतावास जापान, गैरआवासीय नेपाली संघ जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानले उनलाई सम्मान गरेको हो ।

जापानमा रहेका नेपाली समाजलाई निरन्तर सहयोग र चितवनको चेपाङ समुदायमा शिक्षाको क्षेत्रमा गर्नुभएको उत्कृष्ट योगदानको कदर गर्दै नेपाललाई सम्मान गरिएको हो । रत्ननगर निवासी नेपाल लामो समय देखि बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका छन् । नेपाली दूतावास जापान, गैरआवासीय नेपाली संघ जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा नेपाली कला, संगीत, संस्कृतिको प्रर्वधन र देशको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले आयोजना गरिएको १४औँ नेपाल फेस्टिबलमा उनलाई सम्मान गरिएको हो ।

नेपाल दुतावास जापानका महामहिम डा. दुर्गा बहादुर सुवेदी र एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरेले नेपाललाई सम्मान गरेका हुन् । विदेशी भूमिमा संघर्षरत नेपालले चितवनमा चेपाङ विद्यार्थीको शिक्षाका लागि निरन्तर सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको