चितवन । भरतपुर महानगरपालिका वडा नं २७मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले जाडो लागेसंगै न्यानो कपडा बितरण गरेको छ। वडा नं २७ मा रहेका श्री जानकी माध्यामिक बिद्यालय मेघौलीमा अध्ययनरत ४३ जना बालबालिकालाई कपडा बितरण गरिएको बनका अध्यक्ष बेदनिधी सुबेदीले जानकारी दिनुभयो ।
जेहेन्दार तथा बिपन्न परिवारका बालबालिकालाई न्यानो स्विटर प्रदान गरिएको सुबेदीले बताउनुभयो। राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले प्रत्येक बर्ष बालबालिकालाई सहयोग गर्दै आएकोमा यस बर्ष पनि सो कामलाई निरन्तरता दिइएको सुवेदीको भनाई छ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं २७ का अध्यक्ष राम बहादुर भण्डारीले लोककल्याणकारी काम गरेकोमा सामुदायिक बन उपभोक्ता समुहलाई धन्यबाद दिदै बन जोगाए बातावरण पनि जोगिने र पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बताउनु भयो । स्थानिय उपभोक्तालाई बनको आम्दानीबाट सहयोग पुर्याउने काम गरेर लोकल्याणकारी काम गरेकोमा बनको प्रशंसा समेत गर्नुभयो ।उक्त कार्यक्रममा श्री जानकी माध्यामिक बिद्यालय मेघौलीका प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटाले बिद्यार्थीहरु लाभान्वित भएको बताउनुभयो।यस्ता कृयाकलापले बालबालिकाको पढाईमा टेवा पुग्ने बताउदै न्यानो कपडा लगाएर बिद्यालय आउन समेत आग्रह गर्नुभयो।
कार्यक्रममा ६ वटा डस्टबिन समेत बितरण गरिएको थियो ।उक्त कार्यक्रममा सामुदायिक बनका सचिब बेदकुमार महतो,कोषाध्यक्ष जागेश्वर भण्डारी,सहसचिब डिल्लीराम भुर्तेल, मेघौली खानेपानी उपभोक्ता समुहका कोषाध्यक्ष ऋषिराम त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।