कालिकाले फोहोर व्यवस्थापनको लागि बढायो सक्रियता, खैरहनी र रत्ननगरको फोहोर व्यवस्थापनस्थलको निरिक्षण

चितवन । पुर्वीचितवनको कालिका नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रवाट निस्किने फाेहाेर व्यवस्थापनबारे सक्रियता बढाएको छ ।

खैरहनी स्थित सफा उर्जा प्राईभेट लिमिटेडले फाेहाेर व्यवस्थापनबारे गर्दै आएकाे काम बारे स्थानीय सामुदायिक वनका प्रतिनिधिहरूलाई स्थलगत अध्ययन , निरीक्षण गराएकाे छ ।

टाेलटाेलवाट गरिएको फाेहाेर संकलनलाई पुनः प्रयाेग र डम्पिङ बारे जानकारी गराउने उद्वेश्यले कालिका नगरक्षेत्र भित्रका सामुदायिक वनका प्रतिनिधिहरूलाई स्थलगत अध्ययन, निरीक्षण गराईएकाे हाे ।

टाेलीले खैरहनी नगरपालिकामा रहेको सफा उर्जासंगै रत्ननगरलेे स्थानीय पञ्चकन्या सामुदायिक वनक्षेत्रमा गर्दै आएकाे फाेहाेरकाे डम्पिङ क्षेत्रमा समेत पुगेर अध्ययन गरेको छ । कालिकाका नगर प्रमुख विनाेद रेग्मी, वडा नं २ का वडा अध्यक्ष लक्ष्मण पाैडेल, वडा नं ३ का अध्यक्ष वीरेन्द्र तामाङ, कार्यपालिका सदस्य ज्याेति सुनार लगायत कर्मचारीसंगै सामुदायिक वनका प्रतिनिधिहरू टाेलीमा सहभागी थिए ।

केही दिन लगत्तै याे विषयमा थप छलफल गरेर फाेहाेर व्यवस्थापनमा अगाडि बढ्ने नगर प्रमुख रेग्मीले बताउनुभयाे

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको