चितवन । चितवनको कालिका नगरपालिकामा म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो कालिका नगरपालिका ५ विराटचोक स्थित भित्री सडकखण्डमा बा.प्र.०६–००१ ज ०१७१ नम्वरको म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना र म्याजिकमा सवार एक जना घाइते भएका हुन ।
घाइते हुनेमा स्कुटर चालक कालिका नगरपालिका ५ बस्ने ४२ वर्षिय चण्डिका घिमिरे,पछाडि सवार ३५ वर्षिय अमृता मरहट्ठा र म्याजिकमा सवार कालिका २ बस्ने ४९ बर्षिय लिला भण्डारी रहेका छन । उनिहरुको उपचार मनकामना अस्पताल भरतपुर भइरहेको प्रहरीले जनाएको छ । अहिले उनिहरुको अवस्था मध्यम छ ।