चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगरकाे शान्तिचाेकमा भेट्टाएकाे पैसा क्यान्सर पीडितकाे उपचारकाे लागि सहयाेग गरिएकाे छ ।
युवा समाजसेवी रामचन्द्र कँडेल सहितका युवाहरुले भेट्टाएका पाँच हजार रूयैया खैरहनीकी क्यान्सर पीडित शान्ता परियारकाे उपचारका लागि प्रदान गरिएकाे सञ्चारकर्मी पुजन लामिछानेले जानकारी दिए ।
वडा कार्यालयमा आयाेजित कार्यक्रममा वडाध्यक्ष नवराज भूषाल र पैसा भेटाउने युवाहरुकाे समुहले सयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।
साे अवसरमा वडाध्यक्ष भूषालले युवाहरुकाे उक्ता कार्यकाे खुलेर प्रशंसा गर्दै भेटाएकाे पैसा सहि ठाउँमा प्रयाेग भएकाे बताए ।
युवा समाजसेवी कँडेलले पैसा हराउनेलाई पनि समाचार हेरिसेपछि पछुताे नहाेस भनेर भेटाएकाे पैसा क्यान्सर पीडितकाे उपचारकाे लागि सहयाेग गरेकाे बताए ।
“भेटाएका पैसा अन्य ठाउँमा खर्च गर्दा हिन्नता बाेध हुने ठान्याैं” उनले भने समस्यामा परेका मान्छेलाई दिँदा हराउने र भेटाउने दुवैलाई आत्मसन्तुष्टि हुने निष्कर्षका साथ वडाध्यक्षकाे राेहबरमा क्यान्सर पीडितलाई प्रदान गरेका हाै ।