गोरखा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि शुरु भएको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपालका डिष्ट्रीक गर्भनर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको एक समारोह बीच लायन्स क्लबका अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले उद्घाटन गर्नुभयो ।
तीन दिने नेतृत्व विकास कार्यक्रममा सार्वजनिक भाषण तथा उद्घोषणकला, नेतृत्व विकास , लायनवादका आधारभूत सिद्धान्त, मानवता पहिलो, क्लबको उत्कृष्टताका लागि सामूहिकता, नेतृत्व विकास सम्वन्धी विभिन्न अभ्यास लगायतका विषयमा एलसी आइएफ एरिया लिडर राजन लम्साल, मल्टीपल डिष्ट्रीक कोओर्डिनेटर डि.के. ढुङ्गाना, पूर्व डिष्ट्रीक गर्भनर दिनेश श्रेष्ठ, पूर्व डिष्ट्रीक गर्भनर इन्दु लम्साल, निवर्तमान डिष्ट्रीक गर्भनर चन्द्र कुमार केसी, मोटिभेसनल स्पिकर नर बहादुर कार्की, डिष्ट्रीक गर्भनर विनोद ढुङ्गाना, डिएलएलआई चिफ पार्वती खरेल पाण्डे लगायतले सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा विभिन्न जिल्लाबाट ८६ वटा क्लबको सहभागीता रहेको डिष्ट्रीक क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यक्रम शुरु हुन अघि हरमटारी चोक बाट बाजासहितको लायन्सको ¥यालीले बजार परिक्रमा गरेको थियो ।