शुक्रबार,
भाद्र१९,
२०८३
|
Friday, September 4, 2026
डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
२२ श्रावण २०८१, मंगलवार १२:२३
काठमाडौं । डेंगु सङ्क्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो।
यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ। मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ।