धादिङको ज्यामिरेघाटमा हाइसले ठक्कर दिँदा एक बालकको मृत्यु

धादिङ । धादिङको ज्यामिरेघाटमा हाइसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–६ आँपचौरका १६ बर्षिय मिलन थापा रहेका छन ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित सडकमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा‍.प्र ०६–००१ ख ३०६ नम्बरको हाइसले ठक्कर दिँदा थापा गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते भएका थापालाई मलेखुस्थित टिचिङ अस्पतालमा  प्राथमिक उपचारगरि  थप उपचारका लागि काठमाडौं बाँसघारीस्थित न्यूरो अस्पताल  लगिएको थियो । थापाको उपचारका  क्रममा सोमबार राती मृत्यु भएको हो ।

ठक्कर दिने सवारी र त्यसका चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको धादिङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको