खोलाको बाढी हेर्न गएकी एक बालिकाको बगाएर मृत्यु

काठमाडौं ।  मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१८ कि १० वर्षीया रसमती बललाई बरौली खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ।

उनी खेतमा गएकी र बाढी आएको हेर्न जाँदा खोलाले बगाएको प्रहरीको भनाइ छ। उनको शव घटनास्थलबाट आधा किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको