नवलपुर । नवलपुरको गैँडाकोट-१ नारायणी नदीमा तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो ।
शव अहिले नारायणी नदीमै रहेको छ । अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भई रहेको छ । शवको पहिचान हुन सकेको छैन ।
उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









