पहिरोको जोखिममा बिद्यालय

गोरखा । गोरखाको गण्डकी गाउँपालिका-७ सितलडाँडामा रहेको श्री शिव आधारभुत बिद्यालय पहिरोको जोखिमा परेको छ । गए शुक्रबारदेखि आएको अविरल बर्षाका कारण बिद्यालयको आँगनको वाल सपोर्ट र घेरावार भत्काएको बिद्यालयका प्रधानध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका अनुसार यसै बर्ष निर्माण गरिएको बिद्यालयको आँगनको वाल सपोर्ट र घेरावार भत्काएको हो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा ८० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पहिरोका कारण विद्यालय भवन पनि भत्कने र थप क्षति हुने जोखिम छ । प्रधानध्यापक प्रकाश रेग्मीले पर्याप्त आर्थिक स्रोत नभएको र न्युन बजेटमा बनाएको पर्खाल पनि भत्किएर समस्या भएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको