तनहुँ । देवघाट गाउँपालिका-१ कोटास्थित श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तनहुँ सेवा समाज, दोहाको आयोगनामा गण्डकी प्रदेश समन्वय परिषद् कतारले मातहतका जिल्ला संस्थाहरु मार्फत गृह जिल्लामा गरिने परोपकार परियोजना अन्तरगत पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
आज एक कार्यक्रमकाबिच विद्यालयका ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एक दर्जन कापि र कलम वितरण गरिएको समन्वय कर्ता तथा बजार व्यवस्थापन संयोजक आकाश गिरीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद गुरुङको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि तनहुँ सेवा समाज दोहाका अध्यक्ष पदम गिरीको रहेको थियो । भने विशिष्ट अतिथि वडा अध्यक्ष मणिराज गुरुङ रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तनहुँ सेवा समाज दोहाका अध्यक्ष पदम गिरीले विद्यार्थीहरुलाई केहि मात्रमा भएपनि शैक्षिक सामाग्री सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले विद्यार्थीलाई अनुशासित भएर अध्यान गर्न समेत आग्रह गरे । गिरीले देश तथा विदेशका जुनसुकै भुभागमा रहेका नेपाली दाजुभाई- दिदिबहिनीलाई आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक राजु गिरीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएकोमा संस्था र सहयोग दातालाई धन्यवाद व्यक्त गरे । उनले आउँने दिनहरुमा पनि यसरी नै यो संस्थाले विद्यालयलाई सहयोग गर्ने अपेक्षा लिएको बताए ।तनहूँ सेवा समाज, दोहा कतारमा काम गरिरहेका तनहूँका युवाहरुले खोलेको संस्था हो । यो संस्थाले यसभन्दा अगाडी पनि जिल्लाका विभिन्न ठाउँ र क्षेत्रमा सहयोग गर्दै आइृरहेको थियो । यो संस्थाले गरिब तथा विपन्न समुदायको उथानका निम्ति काम गर्दै आईरहेको छ । खाडिमुलुकमा बसेर थोरै थोरै जम्मागरिएको रकमबाट विगत केहिवर्षदेखि यो संस्थाले सामाजिक कार्य गर्दै आईरहेको छ ।