अविवाहित महिलालाई भत्ता दिने

खोटाङ । खोटाङको रावा बेंसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने बताउनुभएको हो ।

अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । उक्त कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षबाट ५० वर्ष पुगेका अविवाहित महिलालाई पनि मासिक १५ सय भत्ता दिने गरी नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको