गोरखा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाले गोरखा प्रवेश गर्ने मुख्य नाका खैरेनीमा गोरखाको नक्सा राखेको छ । राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ गोरखाले गोरखा प्रवेश गर्ने मुख्य नाका खैरेनीमा गोरखाको नक्सा राखेको हो ।

आज राष्ट्रिय युवा संघ नेपाल गोरखाले युवा संघका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपाल गोरखाका इन्चार्ज अमिर थापाको प्रमुख आथित्यमा कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य सुमन श्रेष्ठ, युवा संघ गण्डकी प्रदेशका सदस्य किरण ढकाल, दिलिप कोइरालालगायतका नेता, कार्यक्रताको उपस्थिती रहेको थियो।









