पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा दोदा नदिमा पाैडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-५ को दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

बेलौरी -४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। यस्तै सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्।

घाइतेहरूको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको