काठमाडौं । लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले आज वुढानिलकण्ठ वडा नं ३ स्थित पवित्र तथा पुण्य भूमि नारायणथान मन्दिर परिशरमा आउनुभएका श्रद्दालु भक्तजनहरुका लागी शुद्द पिउने पानीको बितरण गर्नुका साथै मन्दिर परिसरमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको थियो । सदा झैं आज शनिवारको दिन पनि वुढानिलकण्ठ भगवानको दर्शन गर्ने श्रद्दालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम का नि-वर्तमान गभर्नर लायन महेन्द्र पौडेल, चिफ अफ एओजि लायन हरिचन्द्र तिवारी, चिफ काउन्सिलर लायन तारा प्रसाद त्रिपाठी, असिस्टेन्ट चिफ एडभाईजर लायन ईश्वर अर्याल, जोन चियर पर्सन गणेश प्रसाद पन्त लगायतको उपस्थिती रहेको थियो । क्लव अध्यक्ष लायन कमल बहादुर खत्रीको सभापतित्व/संयोजनमा भएको कार्यक्रममा क्लवका सचिव लायन आनन्द वुर्लाकोटी, कोषाध्यक्ष लायन टिका कुमार विसी, समाजसेवी विशाल ज्ञवाली लगायतको उपस्थिती भएको थियो ।
क्लवले उक्त अवसरमा मन्दिर परिसरमा आउनुभएका श्रद्दालु भक्तजनहरुका लागी शुद्द पिउने पानीको समेत व्यवस्था गरेको थियो ।
शुद्द पीउने पानी पिएर आशिष दिदै एक दर्शनार्थीले भन्नुभयो, “यो गर्मिको समयमा यहांहरुले निक्कै ठुलो पुण्य कर्म गर्नु भयो, यहांहरुलाई भगवानले सधै आशिष दिईरहुन”, । “वालक वृद्दा सबैले शु्द्द पानी पिएर आनन्द लिनु भएको छ, साह्रै पुण्यको काम गर्नु भयो” वेद विद्या-आश्रमका प्राचार्य प्रकाश रुपाखेती ज्युले भन्नुभयो ।
लायन वर्ष २०२३/२४ मा लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले लायन्स डिस्ट्रिक्ट तथा लायन्स अन्तराष्ट्रियको भावना अनुसार विभिन्न सामाजिक सेवाको कार्य गर्दै आईरहेको छ ।









