खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।

चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो । पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याएको केही बेरमै चालकले मृत घोषणा गरेको सर्लाही प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको