चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार साँझ ६ बजेको समयमा बादरझुला स्थित भालुखोला बस्ने ३० बर्षिया बुद्धिराज गुरुङलाई घर नजिक खेतमा पानी लगाउन जाने क्रममा एक्कासी बाघले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते गुरुङको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको निधार बाँया हातमा चोट लागेको छ । उनको अवस्थामा भने सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको