प्रेमी विष्णुसँग विवाह गर्दै एलिना

काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् । विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।

करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको