खोलेसिमल बजार ब्यबस्थापन समितिको अध्यक्षमा सबिता अधिकारी वाग्ले सहितको नयाँ कार्यसमिति सर्बसम्मत चयन 
चितवन । कालिका नगरपालिका स्थित खोलेसिमल बजार ब्यबस्थापन समितिको अध्यक्षमा सबिता अधिकारी वाग्ले सहितको नयाँ कार्य समिति सर्बसम्मत चयन भएको छ ।
गत शनिबार उदयपुर पार्कमा भएको सस्थाको ११औं  वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा जीवन कुमार श्रेष्ठ, सचिब नवीन अधिकारी, कोषाध्यक्ष रोशनी पुरी श्रेष्ठ र सह सचिबमा शोभा अधिकारी वाग्ले चयन भएका थिए । सदस्यहरुमा हरि खडका, उपेन्द्र खनाल, राजकुमार दुलाल, किशोरीप्रसाद रेग्मी, शारदा दुवाडी, नारायणप्रसाद रेग्मी, सुनिता धमला र धनराज बिक निर्वाचित भएका हुन ।
सो साधारणसभामा प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी, अतिथिहरु कालिका वडा नं.६ का कार्यवाहक अध्यक्ष लक्ष्मीनारायण चौलागाईं, कार्यपालिका सदस्य सम्झना परियार, सुरक्षित बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लालुप्रसाद दाहाल, शक्तिखोर बजार ब्यबस्थापन समितिकि अध्यक्ष निरुजा श्रेष्ठ, लगायतले मन्तव्य राखेका थिए ।
सस्थाका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरबहादुर जीसीले स्वागत मन्तव्य राखेका थिए । साधारणसभामा कालिका नगरपालिका भित्रका विभिन्न बजार ब्यबस्थापन समितिका प्रतिनिधि, विभिन्न सामाजिक सस्थाका प्रतिनिधि तथा खोलेसिमलका व्यावसायी तथा उधोगीहरुको सहभागीता रहेको थियो । नवनिर्मित समितिको आज सोमबार खोलेसिमलमा एक कार्यक्रमका बिच सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशन सम्पन्न गर्न निर्वाचन समिति संयोजकमा शितलकाजी श्रेष्ठ तथा सदस्यहरुमा बालकृष्ण अधिकारी, डण्डपाणी लामिछाने, बुद्धिप्रसाद अधिकारी, हरिप्रसाद भण्डारी, विद्याधर बास्तोला र भिमराज कंडेल रहेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको