होली: “मम्मि ऽऽऽ आज होलि खेल्ने दिन हो”

होली
तल्लो घरमा जाउ भने रंग दल्दिन्छन
माख्लो घरमा जानै हुन्न पानी हाल्दिन्छन
यताउता जानै हुन्न, आज कस्तो दिन हो
(मम्मिऽऽऽ आज होलि खेल्ने दिन हो)२

साथीकोमा जाउ भने थाली भरी रंग छन
बाल्टी भरि लोला देखि छिमेकी नै दंग छन
वाटो-घाटो हिड्नै हुन्न, आज कस्तो दिन हो
(मम्मिऽऽऽ आज होली खेल्ने दिन हो)२

हावा पनि रंगिन छन, पानी भरि रंग छन
रंगैरंगछन शिर-पाउमा, साथी संगी दंग छन
सबैले रंग दल्नु पर्ने आज कस्तो दिन हो
(मम्मिऽऽऽ आज होलि खेल्ने दिन हो)२

कालेगोरे च्यान्टे भुन्टे गाला सबका राता
रंगैरंग पोतिएछन गाउभरिका पाखा
चिनजान विनै रंग दल्ले आज कस्तो दिन हो
(मम्मिऽऽऽ आज होलि खेल्ने दिन हो)२

डांफे जस्तै नौं रंगमा सजिएका साथी
लोलाबाट जोगिनलाई हेर्नुपर्ने माथी
चिनजान विनै लोला हान्ने आज कस्तो हो
(मम्मिऽऽऽ आज होली खेल्ने दिन हो)२

(रचना: संयम अर्याल, कक्षा: ४ कामना ईन्टरनेशनल स्कुल सानो-भर्यांग काठमाडौं)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको