लायन्स क्लब अफ चितवन कालिकाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब अफ चितवन कालिकाको आयोजनामा आज कालिका-६, खोलेसिमल बजार स्थित कालिका बेन्क्युटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष बुद्धिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका थिए । क्लबले हरेक बर्ष खुल्ला रक्तदान कार्यक्रम तथा विभिन्न सामाजिक काम गर्दै आएको छ । रक्तदान कार्यक्रम संयोजक दिपक थापाको संयोजकत्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी कालिका नगरपालिकाको मेयर तथा क्लबका सस्थापक अध्यक्ष बिनोद रेग्मीले रक्तदाता तथा लायन्स सदस्य श्यामबाबू तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक लिडरहरु दिपेन्द्र खतिवडा, निरज श्रेष्ठ, भिष्मप्रसाद खनाल, क्लबका सदस्य तथा रक्तदाता हरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको