एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा निर्वाचित

गोरखा ।  नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी भएका छन्। प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा थापा विजयी भए। थापाको २८० पाउँदा नेपालीको २०५ मत प्राप्त गरे। उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी २७० मतले विजयी भएका छन्।

विजयी अधिकारीले २७० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत ल्याए। उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाए। सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याए। उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गरे। त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे। उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत पाइन्।

एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो। निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५११ मत खसेको थियो। निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान  मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको