चितवन । रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित छात्राहरुका लागि शुक्रबार सेनेटरी प्याड प्रदान गरिएको छ । ११४औं नारी दिवसको अबसरमा तमु समाज इजरायलले छात्राहरुलाई सेनेटरी प्याड प्रदान गरेको हो । केन्द्रमा आयोजित एक औपचारिक तमु समाज इजरायलको अध्यक्ष बिन्दु गुरुङ र तमु समाज इजरायलको पूर्व सल्लाहकार लक्ष्मी गुरुङले प्याड हस्तान्तरण गरेका थिए ।
केन्द्रका अध्यक्ष केपिकिरण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा साबित्रा अधिकारी, रोजिना कुँवर, पद्मा गुरुङ, सुरेन्द्र ब.गुरुङ, ममता बस्नेत, सन्तोषी गुरुङ लगायतको उपस्तिथि रहेको थियो । तमु समाज इजरायलले यस अघि पनि केन्द्रलाई पटक पटक सहयोग गर्दै आएको छ । इजरायलमा कार्यरत धरान निवासी सुनिता गुरुङको पहलमा केन्द्रमा निरन्तर सहयोग गरिदै आएको छ ।
यसैबीच गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुले भगवान शिवको प्रतिमामा पुजा एबं आराधाना गरी शिवरात्री पर्व मनाएका छन । मौलिक धर्म संस्कृतिको संरक्षणका लागि पुजा आरधाना गरी शिबरात्री मनाइएको केन्द्रका सन्दिप चेपाङले बताए । केन्दमा हाल १४२ जना चेपाङ बालबालिका आश्रित छन ।









