एमाले गोरखाको जिल्ला अधिवेशनको तयारी तीब्र

गोरखा । नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन नजिकिएसंगै तयारी तीब्र पारिएको छ। यहिँ फागुन २५ र २६ गते हुने एमाले गोरखाको आठौँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको हो । जिल्ला पार्टी कार्यलय चाइनिज धारामा हुने अधिवेशनको उदघाटन पार्टीका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले गर्ने एमाले गोरखाले जनाएको छ ।

नेकपा एमाले गोरखामा ३ हजार २०० जना पार्टी सदस्य रहेका छन् । जिल्ला अधिवेशनका लागि सबै वडा, जनसंगठनहरुबाट ६ सय २८ जना प्रतिनिधिको  छनौट गरिएको पार्टी सचिव काजिराम रोकाले जानकारी दिए ।

अधिवेशन सफल बनाउन विभिन्न समिति गठन गरि काम गरिएको रोकाले बताए । अधिवेशनबाट करिब १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने एमाले गोरखाले जनाएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ जना पदाधिकारी चयन हुनेछन् । उपसचिवमा अनिर्वाय एक जना महिला हुनुपर्ने एमालेको विधानमा व्यवस्था छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको