चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा दादुरा- रुबेला विरुद्धको खोप अभियान शुभारम्भ भएकाे छ । देशभर फागुन १३ गतेदेखी खोप अभियान सञ्चालन भएतापनि कालिकामा आजदेखि पृथ्वी माध्यमिक विद्यालयबाट अभियान सुरु भएकाे हाे । खाेप अभियान नगरमा फागुन २२ गतेदेखि ३० गते सम्म सञ्चालन हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख विनाेद रेग्मीले खाेप अभियानकाे शुभारम्भ गर्नुभयाे । कार्यक्रममा मन्तव्य राख्नुहुदै नगर प्रमुख रेग्मीले कुनैपनि बालबालिका खोपबाट बन्चित नहुने गरि दादुरा रुबेला विरुद्धको खोप अभियान अगाडि बढाउन निर्देशन दिनुभयो ।उहाँले भन्नुभयाे, ” कालिका नगरपालिकालाई समृद्व नगरपालिका बनाउन विभिन्न चरणहरूमा स्वास्थ्य शिविरहरू आयाेजना गर्दै आईरहेका छाै ।” कालिका नगरपालिकाका हरेक कुना काप्चामा रहेका नौं महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरूलाई याे खाेप लगाएर नगरलाई दादुरा- रूबेला मुक्त बनाउन चाहना रहेकाे बताउनुभयाे ।
उप प्रमुख बिमला तामाङले सञ्चालन हुने खाेप केन्द्रमा पुगी खाेप लगाईदिन बालबालिकाका सम्पूर्ण अभिभावलाई आह्वान गर्नुभयाे । नौं महिनादेखि १५ बर्ष मुनिका १६ हजार १ सय ७५ जना बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले बताउनुभयाे । सो कार्यक्रममा कालिकाका बालबालिकालाई खोप लगाउन ५७ वटा खोप केन्द्र, १२४ जना स्वास्थ्यकर्मी र १८९ जना स्वयंसेवक परिचालन गरिने उहाको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणाी शर्मा गाैतम, जिल्ला जनस्वास्थ्य कार्याल चितवनका प्रमुख दिनेश रूपाखेती, वडा नं. ७ का वडा अध्यक्ष कमलराज माेक्तान लगायतले मन्तव्य राखेका थिए ।
सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा, वडा नं. ४ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. ५ का वडा अध्यक्ष दिपक भट्टराई, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू विद्यालयका शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे ।









