गोरखा । सडक यात्रालाई सहज बनाउने उद्धेश्यले गोरखामाका विद्यार्थीहरुले सडकमा जेब्रा क्रसिङ निर्माण गरेका छन् । जेब्रा क्रसिङ हुँदा बाटो काट्न सहज भई सडक दुर्घटनाको जोखिम कम हुने भन्दै विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका हुन ।
अनेरास्ववियु महालक्ष्मी मावि कमिटीमा आवद्ध विद्यार्थीहरुले विद्यालय छिर्ने गेट अगाडी जेब्रा क्रसिङ निर्माण गरेका हुन् । जेब्रा क्रसिङ निमाणमा अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रविण श्रेष्ठ, सदस्य कुवेर थापा, प्रहरी नायव निरिक्षक शिव पाठकलगायतको उपस्थिती रहेको थियो ।











