धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा त्रिपाठीले ३०९ मत ल्याई निर्वाचित भएका हुन ।
उनका प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २३८ मत ल्याए । कुल ५७१ प्रतिनिधि रहेकोमा ५४७ मात्र मत खसेको थियो । माघ १९ गते उद्घाटन भएको धादिङको अधिवेशन विवादका कारण स्थगित भएको थियो । विवाद समाधान गरि फागुन १ गतेदेखि बन्दसत्र सुरु गरिएको थियो ।
अन्तिम नतिजा
अध्यक्ष
भुमि त्रिपाठी ३०९
राम कुमार अधिकारी २३८
उपाध्यक्ष
अर्जुन श्रेष्ठ ३१५
रामकुमार आचार्य २३२
सचिव
राधिका सापकोटा ३३८
हरेराम लोहनी २०९
महिला उपसचिव
उर्मिला रेग्मी ३५१
खुपी कुमारी तामाङ १९६
खुल्ला उपसचिव
भक्तबहादुर लामिछाने ३४८
काजी श्रेष्ठ १९९









