विद्यालयको शैक्षिक अवस्था सुधार्न नमुना विद्यालय अवलोकन

गोरखा । गोरखाको गण्डकी गाउँपालिका-७ भित्रका  सामुदायिक विद्यालयमा शैक्षिक अवस्था सुधार गर्न शिक्षकहरुको लागि नमुना विद्यालय अवलोकन र अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज वडा अध्यक्ष तुलसी रेग्मीको नेतृत्वमा २५ जना शिक्षकहरुको टोलीले चितवनको भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयको अवलोकन र अन्तरक्रिया गरेका हुन । नारायणी नमुना माध्यमिक विद्यालयको अवलोकनसंगै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र शिक्षकसंग अन्तरक्रिया गरिएको थियो ।

वडाको आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेट शिर्षक शिक्षक कार्यशाला गोष्ठी अन्तरगत शिक्षकहरुलाई नमुना विद्यालय अवलोकन र अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष रेग्मीले बताए । यो कार्यक्रमले विद्यालयहरुको शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका खेल्ने रेग्मीले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको