गण्डकी गाउँपालिकाद्वारा ३ एम्बुलेन्सबाट पालिकाभरि सेवा सुरु, गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा

गोरखा ।  गण्डकी गाउँपालिकाले मंगलवारदेखि ३ एम्बुलेन्सबाट बृहत रुपमा सेवा प्रदान सुरु गरेको छ । वडा नं १ मकैसिंहस्थित मैकसिंह प्राथमिक स्वास्थ्य केन्द्र, भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र र भर्खरै सम्भव नेपालबाट सहयोगमा प्रदान गरिएको एम्बुलेन्स दर्बुङ स्वास्थ्य चौकीबाट गरी कुल तिन एम्बुलेन्सबाट सेवा सुरु गरिएको हो ।

एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, वडा नं ५ का अध्यक्ष  पहलमान बयालकोटी, स्वास्थ्य शाखा प्रमुख  कुमार सुनार लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा एम्बुलेन्स सेवाबारे अभिमुखिकरण एव अन्तर्किया कार्यक्रम सम्पन्न भयो । गाउँपालिकाका सबै वडाहरुलाई पायक पर्ने गरि तिन एम्बुलेन्स को सञ्चालन पश्चात गाउँपालिका भरिका बिरामीहरुले सुलभ रुपमा एम्बुलेन्स सेवा पाउने प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताए  ।

प्रमुख प्रशासकिय अधिकृत  उपरकोटीले भने, “गाउँपालिकाले यसै वर्ष देखि सुत्केरी हुन जाँदा तथा सुत्केरी भएपछि आउँदा समेत गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा समेत सुरु गरिसकेको छ ।  गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसरी स्वास्थ्यकर्मीबाट रिफर भई देशका प्रमुख स्थानहरुमा जानुपर्ने भएमा समेत गाउँपालिकाले पूर्ण रुपमा शुल्क निशुल्क गरिसकेको छ ।”

सुलभ मूल्यमा स्वास्थ्य सम्बन्धी समस्या एव आपतकालिन अवस्थामा गाउँपालिका भित्रका तिनवटै एम्बुलेन्सको प्रयोग गर्न गाउँपालिका सम्पूर्ण पालिकावासीहरुमा समेत गरेको छ ।

एम्बुलेन्स चालकहरुको सम्पर्क नम्बर यस प्रकार रहेको छ :

मकैसिंह एम्बुलेन्स : खिल बहादुर सुनार । सम्पर्क नं : ९८०७२८७३५२
दर्बुङ एम्बुलेन्स : भिम नारायण श्रेष्ठ । सम्पर्क नं :९८२६७४५०५२
भूम्लिचोक एम्बुलेन्स : मिन बहादुर गुरुङ । सम्पर्क नं : ९८४१४५४६२१

एम्बुलेन्स सेवा शुल्क यस प्रकार रहेको छ । यस बाहेकका नजिकका स्थानहरुमा सम्बन्धित स्वास्थ्य चौकी व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको