चितवनमा मल कारखानामा ग्यास लिक हुँदा जलेर कर्मचारीको मृत्यु

चितवन । चितवनको भरतपुरस्थित अविनाश फटिलाईजर (मल उत्पादन गर्ने स्थान) भित्र ग्यास लिक भएर आगो लाग्दा एक जना कर्मचारीको ज्यान गएको छ।

भरतपुर मानगरपालिका वडा नम्बर १५ स्थित डेरीचोकमा रहेको उक्त मल कारखानामा सोमबार ग्यास लिक भएर आगो लाग्दा ५० वर्षीय मनिष थापाको शरीरमा आगो लागेर ज्यान गएको हो।

ग्यास लिक भएर सल्किएको आगो थापाको शरीरमा लागेपछि जल्दा उनको कारखानाभित्रै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको