चितवन । उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिको पहिलो वैठक आज सम्पन्न भएको छ । संघका नवनिर्वाचितअध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा वसेको पहिलो वैठकले व्यवसायी केन्द्रित विविध लोकप्रिय र आवश्यक कार्यक्रमहरु गर्ने निणर्य गरेको छ । व्यसायी संघ प्रतिवद्धता व्यक्त गरिएका र समसामयिक बिषयमा निर्णय गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनु भयो । पहिलो वैठकले संघमा आवद्ध सदस्यलाई दैवीप्रकोप, प्राकृतिकप्रकोप लगायतका विपत्तिबाट हुने क्षतिमा राहतदिने उद्देश्यले सदस्य राहत कोष कार्यविधिपारित गरेको छ ।
उक्त कार्यविधि बमोजिम सदस्य व्यवसायीको दुर्घटनाबाट मृत्यु भएमा १ लाख सम्म उपब्ध गराउने र व्यवसायमा क्षतिभएको अवस्थामा समेत मुल्यांकन गरि १ लाख सम्म उपलब्ध गराउने व्यवस्था गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो । संघको पहिलो बैठकबाटनै कर,राजश्व तथाअन्तशुल्कको वारेमा सदस्यलाई प्रशिक्षित गर्दैै कर तथा राजश्व दाखिला गर्ने कार्यमा सहजिकरण गर्नको लागिआन्तरिक राजश्व कार्यालय भरतपुरको परिसरमानै कर तथा राजश्व परामर्श केन्द्र स्थापना गर्ने निणर्य गरेको छ ।
कर सम्बन्धि सचेतनामा भएको कमिका कारण बर्षेनी व्यवसायी मिसम्याचमा पर्ने, कर कार्यालयमा कर चुक्ता गर्न जांदा झन्झटिलो भएको कारण सो कार्यमा निशुल्क परामर्श र सहयोग गर्नको लागि सेवा केन्द्र संचालन गर्ने निणर्य भएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । उक्त सेवा केन्द मार्फत संघले सदस्यलाई निशुल्क सेवाप्रदान गर्ने संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो । यसै गरि संघले पहिलो दिनमा नै संघमा स्थापना गर्न लागिएको व्यवसाय विकास सेवा केन्द्र र निर्यात प्रबद्र्धनका लागि रुफ अफ द वल्र्ड विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । संघको तर्फबाट संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, कार्यकारी निर्देशक निलबहादुर केसी र रुफ अफ द वल्र्डका तर्फबाट नेपालउद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यमनोज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
उक्त परियोजनाले चितवनको उत्पादनवाह््य मुलुकमा निर्यात गर्न र व्यवसायक्िलनिक संचालन गर्नमा सहजीकरण एवम् सहयोग गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । यसै गरि सोहि वैठकबाट भरतपुरमा रात्रिकालिन बजार सञ्चालन गर्नको लागि भरतपुर महानगरपालिका संग समन्वय गरि सम्भाब्यता अध्ययन गरी अर्को वैठकमा छलफल गर्ने समेत निणर्य भएको संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले बताउनु भयो । संघले माघको दोश्रो हप्ता योजना तर्जुमा गोष्ठिको आयोजना गरि २ बर्षे कार्यकालको लागि योजना तय गरि सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।









