इच्छाकामना–७ मा विद्यार्थीलाई न्यानो कपडा वितरण र निशुल्क सिलाइ कटाइ तालिम सुरु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.७ मा रहेको श्री देउराली राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । त्यस्तैगरी सोही वडाका महिलाहरुलाई लक्षित गरि निशुल्क ६ महिने सिलाइ कटाइ तालिम पनि आजै सुरु गरिएको छ ।
काठमाडौँमा रहेको सेवा अहिले नेपाल संस्थाको सहयोगमा सो कार्यक्रम गरिएको हो ।

इच्छाकामना–७, रहेको श्री देउराली राष्ट्रिय आधारभुत विद्यालयका ३ सय १५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा ज्याकेट, ट्राउजर र टोपी सहयोग गरिएको थियो ।

त्यसैगरी सोही वडामा आजबाट नै ६ महिने निशुल्क सिलाइ कटाइ तालिम पनि सुरु गरिएको छ । सो तालिमको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गरुङले उद्घाटन गरेका थिए । तालिममा  स्थानीय २५ जना महिलाहरु सहभागी रहेका छन् ।

दुवै कार्यक्रम सेवा अहिले नेपाल संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार चेपाङ, विद्यालयका सहायकप्रधानाध्यपक बिजेन्द्र गोल लगायतले मन्तव्य व्यक्त गरेका थिए । भने संस्थाका जिल्ला को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ संचालन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको