काठमाडौं । पूर्व प्राथमिक तहदेखि माध्यमिक तहको शिक्षासम्म वृहत्तर रूपमा शैक्षिक गुणस्तर कायम गर्दै अगाडि बढिरहेको कामना इन्टरनेशनल स्कुलले बालबालिकाको शैक्षिक क्रियाकलापमा महत्वपूर्ण फड्को मार्दै आइरहेको छ । बालमैत्री वातावरणमा वातानुकूलित शिक्षाका साथ व्यावहारिक, प्रयोगात्मक र क्रियाकलापमुखी शिक्षाका माध्यमबाट विद्यार्थी र अभिभावकको मन जित्दै यस विद्यालयले शैक्षिक प्रगतिलाई निरन्तरता दिएको छ । यसकै सिलसिलामा विद्यालयले यसै साता कक्षा २ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूबीच अबाकस प्रतियोगिता सञ्चालन गरेको थियो ।
अध्ययन/अध्यापनमा निक्कै अब्बल कामना विद्यालयले हरेक शु्क्रवार पढाईका अतिरिक्त अन्य क्रियाकलाप गर्दै आईरहेको छ । विद्यार्थीहरुको बौद्दिकसंगै शारिरिक मानसिक क्षमता पनि संगै विकास गर्दै लानुपर्छ भन्ने मनासयकासाथ कामनाले आफ्ना विद्यार्थीहरुका बिच पौडी प्रतियोगिता, चेस प्रतियोगिता, तान डोरी आदि प्रतियोगितात्मक क्रियाकलाप गराउदै आएको थियो ।
अभिभावकसमेतको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थी सहभागिता र अभिभावकको हौसलाले सबैलाई उत्साहित बनाएको थियो । करिब दुई घण्टा सञ्चालित उक्त कार्यक्रमले विद्यार्थीको स्मरण शक्ति वृध्दि र आफ्नो पढाइप्रति ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै, यस क्षेत्रकै चर्चित विद्यालय कामनामा कार्यक्रम गर्न पाउदा निक्कै गर्वलागेको बालविकासक प्रमुख तेजु नेपालले बताउनुभयो ।
उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल नवराज पाण्डेले, कामनाले गर्ने हरेक क्रियाकलाप विद्यार्थीका ज्ञान सिप र क्षमता अभिवृद्दी गर्ने रहेका बताउदै, उपस्थित अभिभावकहरु, सहभागी विद्यार्थी र शिक्षकहरुलाई धन्यवाद दिनु भएको थियो ।
पढाईका साथ साथै, अतिरिक्त क्रियाकलाप (ECA) मार्फत विद्यार्थीको क्षमता पहिचान गर्ने र अब्बल विद्यार्थीलाई सोहि विषयमा प्रोत्साहन गर्ने उदेश्य कामना विद्यालयको रहेको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । सो अवसरमा कामना फाउन्डेसनका अध्यक्ष ईश्वर अर्याल, क्याम्पस प्रमुख महेश श्रेष्ठ, शैक्षिक निर्देशक लक्ष्मण पाण्डे, निर्देशक महेन्द्र प्रसाद अर्यालको उपस्थिती थियो ।









