काठमाडौं । कालीमाटीको सडक किनारमा किसानहरूले उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेका छन्।आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।
अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।









