चितवन । लियो क्लब अफ चितवन स्टारको अध्यक्षमा विश्वास सिलवाल चयन भएका छन् । शनिबार भएको क्लबको आठौँ साधारणसभा तथा अधिवेशनले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । ।
यसैगरी क्लबको प्रथम उपाध्यक्षमा आर्यन सिलवाल, द्वितीय उपाध्यक्षमा प्रज्वल पाठक, तृतीय उपाध्यक्ष मिलन कुँवर, सचिवमा विनिता लामिछाने, सह-सचिवमा तेजस्वी सेढाई, कोषाध्यक्षमा लक्ष्मी मिजार, सह- कोषाध्यक्षमा अभिषेक प्रजा चयन भएका हुन् ।
क्लबको विभिन्न समितिको गठन पनि गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का वडा सदस्य सहदेव सेढाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लियो क्लब अफ चितवन स्टारको पूर्व अध्यक्ष एवं रिजन ९ का चियरपर्सन निरज कँडेलको उपस्थिति रहेको थियो । निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष अविप कँडेलले बधाई शुभकामना व्यक्त गरेका छन् ।










