अर्विट स्कुलमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम

चितवन । भरतपुर ५ विकासचोकमा रहेको अर्विट युनिक इङ्लिस स्कुलले  गणतन्त्र दिवशको पूर्व सन्ध्यामा विद्यार्थीहरुलाई गणतन्त्रको महत्व बुझाउने उदेश्यले ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता तथा भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष युद्घप्रसाद श्रेष्ठको विशिष्ट आतिथ्यमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको हो ।  उक्त अन्तरकृयात्मक कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य रामप्रसाद अधिकारीले गरेका थिए भने विद्यालयका १0+२ संयोजक देवीप्रसाद बन्जराले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुखअतिथि चित्रसेन अधिकारीले नेपालमा गणतान्त्रिक व्यवस्थाको स्थापना, महत्व र सुदृढीकरणँंग सम्वन्धित विद्यार्थीका जिज्ञासाहरुको निवारण गर्दै विद्यालयले आयोजना गरेको यस प्रकारका कार्यक्रमहरुले विद्यालय, विद्यार्थी, जनप्रतिनिधि र राज्य व्यवस्थाविचको सम्वन्ध सुदृढ बनाउन सघाउने भन्दै कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष युद्घप्रसाद श्रेष्ठले समुदायसँग हातेमालो गर्दै अघि बढेको यस क्षेत्रको अर्बिट स्कुलाई उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्तगर्नुभयो । कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै विद्यालयका इन्चार्ज  नारायण गौतमले आफ्नो भनाइ राख्नुभएको उक्त कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म चलेको थियो ।

२५० जना शिक्षक र विद्यार्थीहरु सहभागीभएको कार्यक्रममा बिद्यालयका अध्यक्ष दिपेन्द्रराज ढकाल, राष्ट्रिय जेसिसका पूर्वअध्यक्ष अरुणेश्वर खनाल र शिक्षकअभिभावक संघका अध्यक्ष रामचन्द्र अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

अन्त्यमा विद्यालयका प्रचार्य एवम कार्यक्रमका सभापति राम प्रसाद अधिकारीले अर्बिट स्कुल चितवनमा एउटा दृढ इच्छा शक्ति सहित पुर्ववतरुपमा सञ्चालित विज्ञान तथा व्यवस्थापन विषयको अलवा यस वर्षदेखि कक्षा ११ मा होटल म्यानेजमेन्ट, फेसन डिजाइनिङ, कानुन तथा इन्टेरियर डिजाइनिङका कक्षाहरु सञ्चालन गरिने समेत जानकारी गराउँदै आगामी दिनहरुमा पनि समुदायसँग अझ बढी सहकार्य एवम हातेमालो गरेर अन्य कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको