भोलि  सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको