काठमाडौं । मंगलबार दिउँसो सामान्यतया मौसम सफा रहे पनि साँझपख देशैभर हुरी र मेघगर्जनसहित वर्षाको सम्भवना छ। विशेषगरी कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशमा मंगलबार साँझ मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा पनि साँझ हावाहुरी मेघगर्जनसहित वर्षाको सम्भावना छ। साँझ वर्षा भएसँगै राति भने देशैभरको मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो काठमाडौं उपत्यकाको ताफक्रम भने २९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
प्रि–मनसुन भएकाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ।









