एमाले केन्द्रीय कमिटी बैठक: आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं ।  नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल गरिने भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, चार आयोगका प्रतिवेदन र ५ प्रदेशका मिसन ग्रासरुट अभियानको समीक्षासम्बन्धी प्रतिवेदन पेस भएका छन्।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार बाँकी रहेका प्रतिवेदन पेस गरी सबै प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल गरिनेछ। सबै प्रतिवेदनमाथि छलफल गर्नका लागि ८ वटा समूह बनाइनेछ। समूह छलफलपछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नेछन्।

सोही ८ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्नेछन्।

आज नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाउनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको