चितवनको रामपुर क्याम्पसमा नेविसंघले लगाएको तालाबन्दी नखुल्दा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

चितवन ।  चितवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी आफ्नो सेमेष्टरको अन्तिम परीक्षा दिनबाट वञ्चित भएका छन् ।

देशका अन्य आंगिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने १ महिनादेखि  नेविसंघले गरेको तालाबन्दीले परीक्षा अनिश्चित मात्र बनेको छैन विद्यार्थीकै भविष्यमाथि खेलबाड भएको छ । आफूहरुले परीक्षा दिन पाउनुपर्ने र नियमित पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको छन् । विद्यार्थीहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै तालाबन्दी खोली पढ्ने वातावरण बनाइदिन माग गरेका छन् ।

प्रशासन अगाडि विद्यार्थीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर, परीक्ष खै ?, कृषि प्रधान देशको कृषि शिक्षा यस्तै हुनुपर्ने, चार वर्षे कोष चार दुना ८ वर्ष लाग्ला जस्तो छ लगायतका कुराहरु लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । पाँचौ सेमेष्टरको परीक्षा चैत २६ बाट सुरु भएर सकिसकेको छ । यसैगरी सातौं सेमेष्टरको परीक्षा बैशाख ७ गतेबाट सुरु भएको छ । दोश्रो सेमेष्टरको परीक्षा जेठबाट गर्ने त्रिविको कार्यतालिका छ ।
आफूहरुले परीक्षा दिन नपाउँदा भविष्यमाथि चिन्ता लागेको र छिटो परीक्षा दिने वातावरण मिलाइदिन प्रशासनसमक्ष माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै सहायक सिडिओ चिरञ्जिवी शर्माले आगामी आइतबारसम्म नेविसंघ वार्तामा आएर सहमति नगरे प्रशासनले ताला फुटालिदिने आश्वासन विद्यार्थीहरुलाई दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको