कार दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे पनौतीका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन् ।

बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको