काठमाडौं । नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि रोकिएको हो ।
नेपालले टस हारेर ब्याटिङ गरिरहेको थियो । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १ सय ४१ रन जोडेको अवस्थामा खेल रोकिएको छ ।









