चितवन । बिश्व हिन्दु महासंघको भातृ संघठन बिश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा धार्मिक, सामाजिक तथा युवा ब्यवसायी सौगात सापकोटा मनोनीत हुनुभएको छ । केन्द्रिय सदस्यमा मनोनीत भैसकेपछि सापकोटाले देशमा धर्म परिवर्तन र कृस्यानिटी वृद्धि गएको बताउँनुभयो । नेपालमा ४०५ भन्दा धेरै नागरिक गरिबी रेखामुनि जीवन यापन गर्न बाध्य छन,गरिबी लाई नै मुल एजेन्डा बनाएर आर्थिक प्रलोभन मा पारेर धर्म परिवर्तन व्यापक रहेको सापकोटाले बताउनुभयो । बेदले कहिले भेद गर्दैन भन्दै जातीय विभेदको अन्त्य गर्नु पर्ने उहाँको धारण थियो ।
धर्म संरक्षणको लागि अब सम्पुर्ण हिन्दु अनुरागीहरु एक हुने समय आएको छ,देव भुमी र पशुपति नाथ को रास्ट्र नेपालको महत्त्व हामीले बुझ्न सकेको छैनौ, प्रारम्भमा यसको अध्यन गरौ गुरु गोरक्षनाथ लाई चिनौ, यसैमा समाज र रास्ट्रको भलाइ छ सापकोटाले भन्नूभयो । अब माला मात्र हैन हिन्दु धर्म रक्षाको लागि भाला बोक्नी दिन नआउला भन्न सकिन्न,धर्म नै नरहे यो ब्राह्मणमा हिन्दुको अस्तित्व के रहला,हाम्रो परम्परा र सस्कृती को जग्रेर्ना गरौं सापकोटाले भन्नूभयो ।









