तुइनबाट महाकालीमा खसेर १ जना बेपत्ता

धनगढी । दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् ।

शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले भण्डारी तुइनबाट खसेर नदीमा बेपत्ता भएको पुष्टि गरे । उनका अनुसार ब्याँस गाउँपालिका २ कै तल्लो

दुम्लिङको तुइन घाटबाट तुइन तरेर भारत जाने क्रममा नदीमा खसेर भण्डारी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको