त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु

चितवन । चितवनमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु भएको हो । आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा डुबेर घाइते भएका मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा ६ जनाको समूहमा आएका उनी साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेका थिए ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको