रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेर गम्भिर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार गम्भिर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी छतबाट खसेका, हामफालेको वा अन्य कुनै कारणले हो भन्ने बारेमा एकिन हुन सकेको छैन ।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको